निकुञ्ज भित्रको देवी ताल गेग्य्रानले पुरिएर घाँसे मैदान बन्दै, संरक्षण गर्न निकुञ्ज सँग छैन बजेट

सन्जय भट्टराई
प्रकाशित : २०८१ चैत ९ गते १२:१४
निकुञ्ज भित्रको देवी ताल गेग्य्रानले पुरिएर घाँसे मैदान बन्दै, संरक्षण गर्न निकुञ्ज सँग छैन बजेट

कावासोती । कुनै बेला एक पटकमा दर्जन बढी गैँडा एकै साथ आहाल खेल्ने चितवन राष्ट्रिय निकुञ्ज भित्र रहेको देवि तालमा जलवायु परिवर्तनको असर देखिएको छ । करिब २५ हेक्टर क्षेत्रफल रहेको ताल बिस्तारै घटदै जाँदा तालको धेरै भाग घाँसे मैदानमा परिणत हुँदै गएको हो ।

विश्वमा नै दुर्लभ मानिएका वन्जन्तु ठुलो एकसिंगे गैंडा, पाटे बाघ र अन्य धेरै खाले जीव जनावर, जलचर, गोही र चराहरुको प्रमुख बासस्थल रहेको चितवन राष्ट्रिय निकुञ्ज भित्रको सबै भन्दा ठुलो भनिको देवी ताल बिस्तारै घाँसे मैदानमा परिणत हुदैँ जाँदा जनावर र अन्य वनस्पति मात्रै नभएर निकुञ्जको जैविक विविधतानै समस्या आउने संरक्षणकर्मीहरुले चिन्ता व्यक्त गरेका छन । जनावर र वनस्पतिका लागि ताल तलैया निकै महत्वपुर्ण हुन्छ । निकुञ्जको भित्रका ताल तलैया सिमसार क्षेत्रको व्यवस्थापन नहुदाँ सिमसार घाँसे मैदान हुने, घाँसे मैदानमा ठुला रुख बिरुवा हुर्केर झाडी र जंगल हुने खतरा बढेको हो ।

Devi tal1

२०३० सालमा निकुञ्ज स्थापना हुनु अगाडी निकुञ्जको नक्सांकनमा खटेका निकुञ्जका पुर्व प्रमुख संरक्षण अधिकृत रामपृत यादवले कुनै बेलाको यो विशाल ताल बिलाएर घाँसे मैदान हुने पो हो कि भन्ने चिन्ता व्यक्त गरे । अहिले देवी तालमा पनि पानी साह्रै कम छ । पानीभन्दा धेरै घाँसले ताल ढाकेको छ । तालको पुर्वी भाग पुरिँदै पुरिँदै गएको छ । पश्चिम तर्फ देखिने पानीले मात्रै तालको अस्तित्व धानेको यादवले बताए । तालको दक्षिण भाग चुरे सँग जोडिएको छ । वर्षा याममा खहरेहरुले ढुंगा माटोसहितको गेग्रान बोकेर तालमा थुपारेको कारणले ताल बिस्तारै खुम्चिदै गएको यादव बताउछ्न ।

ताल घटदै जानु आफैमा चिन्ताको विषय भएको चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डा. गणेश पन्तले बताए । ठूलो ताल बिस्तारै घटदै जादा यस्को असर समग्र जैविक विविधतामा परेको बताएका पन्तले ताललाई पुरानै अवस्थामा पु¥याउन ठूलो बजेट लाग्ने तर निकुञ्जको आफ्नै स्रोत तथा बजेटबाट ताललाई पुरानै स्वरुपमा फर्काउन नसकिएको बताउछ्न ।

devi tal 3

“चालु वर्ष पनि निकुञ्जको बजेट घटेर आएको थियो, आगमी वर्ष पनि चालु खर्चमा २० प्रतिशत कमहुने गरेर बजेट बनाउने सिलिङ आएको छ, निकुञ्जले आफै कार्यक्रम बनाएर देवी ताल संरक्षणको काम अगाडी बढाउन नसकिने अवस्था छ”, डा.पन्तले भने । तालको दक्षिण भाग चुरे सँग जोडिएको र वर्षा याममा खहरेहरुले ढुंगा माटोसहितको गेग्रान बोकेर तालमा थुपारेको कारणले ताल बिस्तारै खुम्चिदै गएकोले यस पटक राष्ट्रपति चुरे–तराई मधेश संरक्षण कार्यक्रमलाई औपचारिक रुपमा देवी ताल संरक्षणका लागी आग्रह गरेको वरिष्ठ संरक्षण अधिकृत डा.पन्तले बताए । आगामी वर्षको बजेटमा राष्ट्रपति चुरे–तराई मधेश संरक्षण कार्यक्रमलाई देवी ताल संरक्षणका लागी आवश्यक बजेट विनियोजन हुने विषयमा आफुहरु आशावादी रहेको डा. पन्त बताउछन ।

प्रकाशित : २०८१ चैत ९ गते १२:१४
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI