स्वास्थ्यकर्मी,कृषक र जेष्ठ नगरिकलाई टोलको सम्मान

NAWALPUR TIMES

स्वास्थ्यकर्मी,कृषक र जेष्ठ नगरिकलाई टोलको सम्मान
received 482532371514524

कावासोती । दुम्कौली टोल विकास संस्थाको आयोजनामा स्वास्थ्यकर्मी,कृषक र जेष्ठ नगरिक सम्मान गरिएको छ ।

शनिवार देवचुली वडा नं २ को पुरानो दुम्कौली टोल समितिको छैठौँ साधारण सभा तथा तेस्रो अधिवेशन कार्यक्रमको अवसरमा स्वास्थ्य क्षेत्रबाट समाजमा निरन्तर सेवा प्रवाह गरेका विमल घिमिरे, जेष्ठ नागरिक लक्ष्मी पौडेल, कृषक ध्रुब्र पाण्डे र समाजसेवी लक्ष्मण पंजियार, दामोराज गिरीलाई सम्मा गरिएको हो ।

वडा अध्यक्ष शरद घिमिरेको प्रमखु आतिथ्यता रहेको कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य सरस्वती पाठक,निवर्तमान वडा अध्यक्ष माधव घिमिरे, निवर्तमान वडा सदस्य, टोल विकास संस्थाका प्रतिनिधि लगायतको आतिथ्यतामा कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष शरद घिमिरेले टोल सुधार संस्थाले वडालाई हरेक कार्यमा सहयोग गर्न हुदा टोल सुधार समितिले निरन्तर विकास र योजनाका विषयमा छलफल र प्रभावकारी कार्यक्रम ल्याउनुपर्ने बताए । उनले टोलले अहिले स्वास्थ्य,कृषि,समाजसेवी र जेष्ठनागरिकलाई गरेको सम्मान कार्यक्रम नमुना कार्य गरेको बताए । यस्ता सम्मान कार्यक्रमले टोल विकासको काम गर्न थप हौसला प्रदान हुने र अब आउने पिढिलाई थप कार्य गर्न हौसला प्रदान हुने बताए ।

यस्तै टोल सुधार समितिको तेस्रो अधिवेशनले समिति समेत गठन गरेको छ । बिबेक भण्डारीको अध्यक्षतामा ९ कार्य समिति गठन गरेको छ । जस्को वरिष्ठ उपाध्यक्षमा शान्ति घिमिरे कोइलाला, उपाध्यक्षमा धनबहादुर गुरुङ कामी, कोषाध्यक्षमा मंजित कुवर,सचिवमा मंजु गौतम चयन भएका छन । सदस्यमा इन्द्र गौतम,गिता पाण्डे र हरिप्रसाद सापकोटा चयन भएका छन ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology