नेल्टा नवलपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन

NAWALPUR TIMES

नेल्टा नवलपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
FB IMG 1707583720176

कावासोती । अग्रेजी शिक्षकहरुको संस्था नेल्टा नवलपुरको दोस्रो अधिवेशनबाट पिताम्बर दाहालको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति चयन गरिएको छ ।

शनिबार कावासोती-१६ डण्डाको नवलपुर एकेडेमीमा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा नवराज काफ्ले, सचिबमा शिव कोइराला, कोषाध्यक्षमा राधा तिवारी, सहसचिवमा राजु पुरी, सदस्यहरुमा सोमनारायण काफ्ले, धनबहादुर घर्ती, अर्जुनजंग रायमाझी, रिता खडका, अशोक पौडेल र राजकुमार गिरी चयन भएका हुन । त्यस्तै अधिवेशनले नेल्टा नवलपुरका निवर्तमान अध्यक्ष तिर्थ कंडेललाई सल्लाहकारमा चयन गरेको हो ।

अधिवेशन अगाडी सम्पन्न उदघाटन सत्रमा संस्थाका अग्रज विद्वानहरु चन्द्रराज भुर्तेल, केशव कंडेल, कृष्णप्रसाद भुसाल, शिवप्रसाद घिमिरे र मोतिराम तिवारी(मरणोपरान्त)लाई सम्मानित गरिएको थियो ।

नेल्टा नवलपुरका अध्यक्ष तिर्थ कंडेलको अध्यक्षता तथा नेपाल सरकारका उपसचिव रामप्रसाद शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कावासोती नगरपालिकाका शिक्षा शाखा अधिकृत राजन पाण्डे, नेल्टा गण्डकी अध्यक्ष कमलराज लम्साल, नेल्टा गण्डकीका निवर्तमान अध्यक्ष एवं सल्लाहकार डा.नवराज न्यौपानेको उपस्थिती रहेको थियो ।

उदघाटन सत्र सँगै नवलपुरका एक सय बढी अग्रेजी शिक्षकहरुलाई लेखनकला क्षमता अभिवृद्धि तालिम समेत सन्चालन गरिएको थियो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology