कसरी चिन्ने विषालु च्याउ ?

NAWALPUR TIMES

कसरी चिन्ने विषालु च्याउ ?
images 2

कावासोती । बर्खायाममा विषालु च्याउको सेवनबाट दैनिकजसो बिरामी परेका तथा मृत्यु हुने गरेका खबरहरू आउने गर्छन् ।  विषालु च्याउको सेवनबाट नेपालमा बर्सेनि ३० देखि ४० जनासम्मको मृत्यु हुने गरेको सरकारी तथ्यांक छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बर्खायाममा आफैँ उम्रिने च्याउ नखान आग्रह गरेको छ । नेपालमा पाइने एक हजार ३०० प्रजातिका च्याउमध्ये झन्डै १०० जातका च्याउ विषालु हुन्छन् । विषालु च्याउ छुनसमेत नहुने मन्त्रालयले बताउँदै आएको छ ।

नेपाल कृषि अनुसन्धान परिषद्का अनुसार खुला ठाउँमा पाइने ६२ प्रकारका च्याउ अत्यन्तै विषालु हुन्छन् । विषालु च्याउमा भएको विष पकाउँदासमेत नजाने भएकाले यस्ता च्याउ खाँदा मृत्यु हुनसक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कृषि अनुसन्धान परिषद्का अनुसार खान अयोग्य च्याउको छाता खस्रो, नमिठो गन्ध तथा धेरै झुस भएको हुन्छ ।

थरीथरीका रङ तथा छुँदा रङ परिवर्तन हुने हुन्छ । विषालु च्याउ भाँच्दा चोप निस्किन्छ र हेर्दा आर्कषक पनि हुन्छ ।

ध्वाँसे च्याउ, पहेँलो–रातो कत्ले, सल्ले, सेतो कत्ले, खैरो ध्वाँसे कत्ले, डल्ले सेतो कत्ले, मुसा खैरो सेतो कत्ले, खैरो धर्से भूत च्याउ, चितुवा बुट्टे, सेतो कत्ले औँठी, कागते, सेतो कत्ले बेरिएको, कालो कत्लेलगायत च्याउहरूलाई विषालु च्याउका रूपमा वर्गीकृत गरिएको छ ।

वर्षा ऋतुको आगमनसँगै जंगली च्याउ उम्रिन थाल्छन् । जंगली च्याउ विषालु हुन्छन् । जुन च्याउ खाँदा गम्भीर बिरामी परिने र मृत्युसमेत हुन सक्ने मन्त्रालयले जनाएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology