संघ सरकार अन्तर्गतका ३,५२३ बेड निःशुल्क उपलब्ध

NAWALPUR TIMES

संघ सरकार अन्तर्गतका ३,५२३ बेड निःशुल्क उपलब्ध
new covid hospital a4ayiL2MCQ

कावासोती  । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघ सरकार अन्तर्गतका १६ वटा अस्पतालमा तीन हजार ५२३ बेड निःशुल्क उपलब्ध गराइएको बताएको छ । गरिब, विपन्न, बेवारिसे तथा असाहयहरूको उपचारका लागि बेड निःशुल्क उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ ।

वीर अस्पतालमा ७००, नारायणी अस्पतालमा २५५, कान्ति बाल अस्पताल २४८, गजेन्द्र नारायण अस्पताल १००, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल ६० र भरतपुर अस्पतालमा ४२० बेड निःशुल्क रहेको मन्त्रालयले जनाएको छ ।

परोपकार प्रसूति तथा स्त्रीरोग ४५०, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ३००, राष्ट्रिय ट्रमा सेन्टर १५०, भेरी अस्पताल ५०, सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र ९०, डडेलधुरा अस्पताल ३०, मानसिक अस्पताल, ललितपुर ४०, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान १५०, कोसी अस्पताल ३३० र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान १५० बेड निःशुल्क उपलब्ध रहेको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरिब, विपन्न, बेवारिसे तथा असाहयहरूको उपचारमा १० प्रतिशत बेड निःशुल्क गर्नको लागि स्थानीय, प्रादेशिक र संघीयस्तरका सामुदायिक तथा निजी अस्पतालहरूलाई परिपत्र गरेको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology