भ्यालेन्टाइन सप्ताह सुरु, आज ‘रोज डे’

NAWALPUR TIMES

भ्यालेन्टाइन सप्ताह सुरु, आज ‘रोज डे’
red rose flower 377859031 5j31v

कावासोती ।  फेब्रुअरी महिना प्रेमको महिना हो। आजबाट ७ दिन प्रेमीहरु एकआपसमा प्रेम साटासाट गर्द्छन्। ‘रोज डे’ भ्यालेन्टाइन सप्ताहको पहिलो दिन हो। यो दिन जोडीहरूले एकअर्कालाई गुलाबको फूल दिन्छन् । हिजोआज टाढा भएर भेटेर गुलाब दिन असमर्थ हुनेले म्यासेजमार्फत शुभकामना दिएर पनि मनाउने गर्छन्।

‘रोज डे’ मनाउनुको कारण गुलाबको फूललाई प्रेमसँग जोडेर हेर्ने परम्परा हो। रातो गुलाबलाई प्रेमको प्रतीक मानिन्छ। पुस्तक, चलचित्र, गीत र इतिहासमा समेत गुलाबलाई प्रेमको प्रतीक मानिएको छ। भ्यालेन्टाइन सप्ताहको सुरुवात गुलाफ दिएर हुन्छ। भिक्टोरियन र रोमीहरूले पनि गुलाबले आफ्नो प्रेम व्यक्त गर्थे भन्ने विश्वास गरिन्छ।

हरेक वर्ष फेब्रुअरी १४ मा प्रणय दिवस (भ्यालेन्टाइन डे) मनाइँदै आएको छ । त्यसअघिका ६ दिन अर्थात भ्यालेन्टाइन सप्ताहमा पहिलो दिन फेब्रुअरी ७ रोज डे, फेब्रुअरी ८ प्रपोज डे, फेब्रुअरी ९ चकलेट डे, फेब्रुअरी १० टेडी डे, फेब्रुअरी ११ प्रमिस डे, फेब्रुअरी १२ हग डे, फेब्रुअरी १३ किस डे र फेब्रुअरी १४ मा भ्यालेन्टाइन डे मनाइन्छ।

यस्तो छ इतिहास

विशेषतः युवायुवतीबीच प्रख्यात छ, प्रणय दिवस। यो दिवस पादरी सेन्ट भ्यालेन्टाइनको बलिदानीसँग सम्बन्धित छ। तत्कालीन रोमनको सम्राट क्लाउडियस द्वितीयलाई आफ्ना सैनिकहरू प्रेम र विवाहमा लागे भने सैनिक सेवा प्रभावित हुन्छ भन्ने डर थियो। त्यसैले आफ्नो राज्यमा प्रेम गर्न निषेध गरेका थिए। सोही राज्यका सन्त पादरी भ्यालेन्टाइनले सम्राट्को निर्णय धर्मविरुद्ध हो भन्ने मान्थे। उनलाई अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुसी हुन्छन् भन्ने लाग्थ्यो। त्यसैले भ्यालेन्टाइनले युवायुवतीलाई प्रेम गर्न प्रेरित गर्दै सामूहिक विवाह कार्यक्रम सम्पन्न गरे।

आफ्नो आदेश नमानेको निहुँमा पादरी सन्त भ्यालेन्टाइनलाई सम्राट्ले ईपू २७० को १४ फेबु्रुअरीका दिन मृत्युदण्ड दिए। उनै पादरीको सम्झनामा यो दिनलाई प्रणय दिवसको रूपमा मनाउने चलन सुरु भयो। जसले प्रेमका लागि जीवन उत्र्सग गरे।

जब भ्यालेन्टाइन मारिने निश्चित भयो, उनले आफ्नो श्रीमती जुलियाको नाममा पत्र लेखे। पत्रको अन्तिममा उनले तिम्रो भ्यालेन्टाइन लेखेका थिए। उनको चिहान वरपर उनकी श्रीमतीले अल्मोन्डको बिरुवा रोपेकी थिइन्। अल्मोन्डको बिरुवालाई आज पनि प्रेमको प्रतीकको रूपमा लिइन्छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology