न्युजिल्यान्डलाई हराउँदै पाकिस्तान टी–२० विश्व कपकाे फाइनलमा

NAWALPUR TIMES

न्युजिल्यान्डलाई हराउँदै पाकिस्तान टी–२० विश्व कपकाे फाइनलमा
pakistan cricket

कावासोती  । न्युजिल्यान्डलाई हराउँदै पाकिस्तान टी–२० विश्व कप क्रिकेटकाे फाइनलमा पुगेकाे छ । आज बुधवार सिड्नीमा भएकाे खेलमा पाकिस्तानले न्युजिल्यान्डलाई सात विकेटले हरायाे ।

न्युजिल्यान्डले दिएकाे एक सय ५३ रनकाे लक्ष्य पाकिस्तानले मात्र तीन विकेट गुमाएर १९ ओभर १ बलमा भेटायाे । पाकिस्तानका लागि माेहम्मद रिजवानले ५७, बाबर आजमले ५३ र माेहम्मद ह्यारिसले ३० रन बनाए । न्युजिल्यान्डका ट्रेन्ट बाेल्टले दुई विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेकाे न्युजिल्यान्डले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ५२ रन बनाए । उसका लागि ड्यारी मिचेलले ५३ र केन विलियमसनले ४६ रन बनाए । बलिङतर्फ पाकिस्तानका शहीन अफ्रिदीले दुई विकेट लिए ।

टी–२० र एकदिवसीय विश्व कपका सेमिफाइनल खेलमा न्युजिल्यान्डले अहिलेसम्म पाकिस्तानलाई हराउन सकेको छैन । यी दुई टिमबीच अहिलेसम्म चार वटा सेमिफाइनल खेलमा भेट भएकाेमा चारै पटक पाकिस्तानले जितेकाे छ ।

यसैबीच दाेस्राे सेमिफाइनलमा भाेलि बिहीवार भारत र पाकिस्तानबीच खेल्दै छन् । फाइनल खेल आउँदाे आइतवार पाैने २ बजे सुरु हुनेछ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology