भारी वर्षाको सम्भावना

NAWALPUR TIMES

भारी वर्षाको सम्भावना
mausam 1c3a5

मंगलबार देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिण तिर अवस्थित रहेकाले प्रदेश १, मधेश प्रदेश तथा बागमती प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशहरूका थोरै स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। राती  बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही र प्रदेश १, मधेश प्रदेशका एक/दुई  स्थानहमा  भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

भोलि अर्थात् विजया दशमीको टीकाको दिन प्रदेश १,  बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षा तथा  प्रदेश १ र बागमती प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

भारी वर्षाको सम्भावनाका स्थानहरुमा पहिरो तथा गेग्रान बहावको जोखिमका साथै सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको छ। नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने  भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology