देशभर ९ हजार ८३५ डेंगु संक्रमित, सबैभन्दा बढी बागमती प्रदेशमा

NAWALPUR TIMES

देशभर ९ हजार ८३५ डेंगु संक्रमित, सबैभन्दा बढी बागमती प्रदेशमा
download 2

नवलपुर । नेपालमा साढे ९ हजारभन्दा बढीमा डेंगुको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दश महिनामा ७५ जिल्लाका ९ हजार ८ सय ३५ जनामा डेंगुको संक्रमण पुष्टि भएको हो ।

सबैभन्दा बढी डेंगु संक्रमित बागमती प्रदेशमा रहेका छन् । बागमती प्रदेशमा ७ हजार ४ सय ४० जनामा डेंगु पुष्टि भएको छ ।

सबैभन्दा कम कर्णाली प्रदेशमा ६६ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै लुम्बिनी प्रदेशमा १३ सय  ५६, प्रदेश १ मा ३ सय २०, सुदूरपश्चिममा २ सय ७१, गण्डकीमा २ सय २ र  मधेश प्रदेशमा १ सय ८० जनामा डेंगु पुष्टि भएको मन्त्रालयले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology