डा. गाेबिन्द केसीद्वारा २०औं सत्याग्रह धनगढीमा शुरु

NAWALPUR TIMES

डा. गाेबिन्द केसीद्वारा २०औं सत्याग्रह धनगढीमा शुरु
received 632556608575453

धनगढी । चिकित्सा शिक्षा अभियन्ता प्रा.डा. गोविन्द केसीले सुदूरपश्चिम प्रदेशकाे राजधानी धनगढी स्थित गिता सत्संग भवनमा सत्याग्रह शुरु गरेका छन ।

उनले अहिले साँझ ५ बजेदेखि २०औँ सत्याग्रह शुरु गरेका हुन् । सत्याग्रह शुरु गर्नु अघि सत्याग्रह स्थलमै पत्रकार सम्मेलन गरि आफ्ना माग सहित सत्याग्रह शुरु गरेकाे जानकारी दिए ।

डा. केसीले आफ्नो माग पूरा गर्न सरकारलाई दुई साता (भदौ २८) सम्म अल्टिमेटम दिएका थिए ।

‘हिजोसम्म सरकारको तर्फबाट माग सम्बोधन या वार्ता केही होला कि भन्ने थियो तर सरकारको पक्षबाट कुनै जवाफ नआएकाले सत्याग्रहका शुरु गरेकाे छु।’ डा. केसीले भने, ‘देउवाले समय मागेर आजसम्म झुलाए तर अहिले रेस्पोन्स गरेनन्, त्यसैले धनगढीमा अनशन शुरु गरे ।’ डा. केसीले आफूले राखेका माग र समाधानको खाका समेत सरकारलाई यश अघि नै बुझाइसकेका छन् ।
उनले अनसन शुरु गर्नु अघि नागरिक समाजका प्रतिनिधि संग छलफल समेत गरेका थिए ।

आफ्ना माग प्रति सरकार अर्थात प्रधानमन्त्रीले वेवास्ता गरेकाले प्रधानमन्त्रीकै गृहक्षेत्रमा अनसन शुरु गरेकाे केसीले बताए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology