अखिल नेपाल किसान महासंघले देवचुली नगरपालिकामा बुझायो ज्ञापनपत्र

NAWALPUR TIMES

अखिल नेपाल किसान महासंघले देवचुली नगरपालिकामा बुझायो ज्ञापनपत्र
IMG 20220911 WA0001

देवचुली। नेकपा एमालेनिकट अखिल नेपाल किसान महासंघले विभिन्न माग राखेर आज नवलपुरका विभिन्न पालिकामा ज्ञापन पत्र बुझाएको छ।

केन्द्रिय कार्यक्रम अनुसार किसानका समस्यालाई मध्यनजर गर्दै स्थानिय पालिकाहरुमा किसानका हक अधिकारहरुलाई संरक्षण गर्नुपर्ने माग सहित अखिल नेपाल किसान महासंघद्वारा देवचुली नगरपालिकामा समेत ज्ञापन पत्र बुझाइएको छ ।

अखिल नेपाल किसान महासंघको टोलीले ज्ञापन पत्र बुझाउदै पालिकाको निति तथा कार्यक्रममा कुल बजेटको २० प्रतिशत रकम कृषिमा विनियोजन गर्न माग गरेको छ ।
यस्तै किसानको पहिचान, किसानको वर्गिकरण, किसानको सुचिकरण गर्नुपर्ने ,उन्नत कृषक पाठशाला स्थापना गर्नुपर्ने , स्थानिय सरकारबाट वास्तविक किसानका लागि आवश्यक रासायनिक मल, उन्नत बिउ विजन र किट तथा रोगनाशक विषादीहरुको सहज व्यवस्था मिलाई दिनुपर्ने लगायतको माग अखिल नेपाल किसान महासंघको रहेको छ। महासंघकि केन्द्रिय सदस्य रुमा काफ्लेको नेतृत्वमा देवचुली नगरपालिकाका कार्यवाहक  प्रमुख कृष्ण बहादुर केसी तथा प्रमुख प्रशासकीय अधिकृत मोहन प्रसाद मरासिनीलाई ज्ञापनपत्र बुझाइएको थियो।

अखिल नेपाल किसान महासंघ नवलपुरले बुझाएको ज्ञापन पत्रमा तपसिलका मागहरु समेत रहेका छन् ।

–चौपाया संकलन तथा प्रवर्धन केन्द्रको स्थापना गर्नुपर्ने माग गर्दछौं ।
–लोकल गाई गोरुको उचित व्यवस्थापन गर्नुपर्ने माग गर्दछौं ।
– किसानलाई उत्पादनको आधारमा अनुदानको व्यवस्था गर्नु पर्ने माग गर्दछौं १४। हिउँदे बालीमा ५० प्रतिशत अनुदानको व्यवस्था गर्नु पर्ने माग गर्दछौं ।
– वस्तुगत उत्पादानको पाकेट क्षेत्रको घोषण गर्ने पर्ने माग गर्दछौं ।
–स्थानिय पालिकाहरुको आत्मानिर्भरताको घोषण गर्नु पर्ने माग गर्दछौं ।
– बाँझो जग्गा राख्नेहरुको जग्गा खेती लगाउन सक्ने जिम्मेवारी स्थानीय सरकारले गर्ने पर्ने माग गर्दछौं । किसानहरुलाई भूमि बैंक मार्फत जमिन उपलब्ध गराउने माग गर्दछौं ।
– पालिकाहरुले पालिका भित्र किसानहरुले उत्पादन गरेका कृषि उपजहरुको समर्थन मुल्य तोक्ने माग गर्दछ ।
– अव्यवस्थित रुपमा बसेको किसान, भुमिहिन सुकुम्बासीलाई जो जहाँ जसरी बसोबास गरेका छन्, सो भुमिको आधारमा नाम नक्सा तयार गरी जग्गा धनी प्रमाण पुर्जा दिनु पर्ने माग गर्दछौं ।
–उखु उत्पादन किसानहरुलाई समयमा मल खाद, बिउ, न्युनतम मुल्य, तथा अनुदानमा उपलब्ध गराउन जोडदार माग गर्दछौं ।
– किसान वर्षा वा हिउदे वाली लगाउदा टेक्टर वा अन्य कृषि उपज साधनको दरररेट किसान महासंघको स्थानिय निकाय सँग तोक्ने माग गर्दछौं।
नवलपुरका अन्य पालिकाको तुलनामा देवचुली नगरपालिकाले कृषि क्षेत्रलाई बढी महत्त्व दिएको प्रमुख प्रशासकीय अधिकृत मरासिनीले बताए। वास्तविक किसानका हकहितका लागि देवचुली नगरपालिकाले विभिन्न कामहरुको सुरुवात समेत गरिसकेको उनले बताए।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology