म निर्दोश हुनेमा ढुक्क छु, केही दिनमै नेपाल आउँदैछु : सन्दीप लामिछाने

NAWALPUR TIMES

म निर्दोश हुनेमा ढुक्क छु, केही दिनमै नेपाल आउँदैछु : सन्दीप लामिछाने
gettyimages 1197438049 2048x2048 1

नवलपुर बलात्कार आरोपित सन्दीप लामिछानेले आफू पूर्ण निर्दोश रहेको दावी गरेका छन् ।

उनले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै आफू निर्दोश रहेको र मुलुकको कानूनको सम्मान गर्ने बताएका छन् ।

उनले आफूले क्यारेवियन लिगबाट बिदा लिइसकेको र निराधार आरोपको समाना गर्न केही दिनमै नेपाल फर्किने उल्लेख गरेका छन् ।

कानुनले निर्दोष र सही छानबिन गर्ने पूर्ण आशा राख्ने अपेक्षासमेत राखेका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रहेकै बेला उनलाई क्यारेवियन लिग खेल्न जानु अघि आफूलाई ललाइ फकाइ गरि बलात्कार गरेको भन्दै एक नाबालिगले प्रहरीमा उजुरी दिएकी छन् ।

हाल उनी क्याप्टेबाट निलम्बित भइसका छन् । प्रहरीले सन्दीपका लागि पक्राउ पूर्जीसमेत जारी गरिसकेको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology