तीजको नाचगान गरिरहेका दुई जना किशोरीको चट्याङ लागेर मृत्यु

NAWALPUR TIMES

तीजको नाचगान गरिरहेका दुई जना किशोरीको चट्याङ लागेर मृत्यु
937F740E D893 4F3E B6CF BD93DEE6BB1E

नवलपुर । दाङमा चट्याङ लागेर मंगलबार राति तीजको नाचगान गरिरहेका दुई जना किशोरीको मृत्यु भएको छ ।

चट्याङ लागेर घोराही उपमहानगरपालिका- १२ गुरौगाउँको सालडाँडामा २ जना किशोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजन गौतमले जानकारी दिए ।

गुरौगाउँका १६ वर्षीय दीपा घर्ती र १९ वर्षीय मोनिसा शाहको चट्याङ लागेर मृत्यु भएको उनले बताए ।

घटनामा एकदर्जनभन्दा बढी महिला घाइते भएको र उनीहरुमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरी नायब उपरीक्षक गौतमले जानकारी दिए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology