रामेछाप दुर्घटना : मृतकको संख्या १३ पुग्यो, २१ जना घाइते

NAWALPUR TIMES

रामेछाप दुर्घटना : मृतकको संख्या १३ पुग्यो, २१ जना घाइते
accident bus

काठमाडौं । रामेछापको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ को सीमानामा पर्ने मोडमा भएको बस दुर्घटनामा मृतकको संख्या १३ पुगेको छ । दुर्घटनामा अन्य २१ जना घाइते भएका छन् ।

दुर्घटनामा चारजना महिला र पाँचजना पुरुष गरी ९ जनाको घटनास्थलमै मृत्यु भएको हो । यस्तै, तीनजना पुरुष र एकजना महिला गरी चारजनाको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

घाइते भएका २१ जनामध्ये १८ जनालाई एम्बुलेन्सबाट र तीनजनालाई हेलिकप्टरबाट धुलिखेल अस्पताल ल्याइएको छ । एकजनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ ।

सुनापती हिलेदेवीबाट काठमाडौंका लागि छुटेको बा ३ ख ८३९६ नम्बरको बस सडकबाट करिब ३५ मिटर तल खसेको थियो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology