निउरो टिप्न गएकी युवतीमाथि बाघको आक्रमण

NAWALPUR TIMES

निउरो टिप्न गएकी युवतीमाथि बाघको आक्रमण
colorwali tiger xZQddCSpOR

नवलपुर । सामुदायिक वनमा निउरो टिप्न गएकी एक युवतीलाई बाघले आक्रमण गरेको छ । भरतपुर महानगरपालिका–२७ बस्ने २३ वर्षीय रेखा बस्नेतलाई स्थानीय राधाकृष्ण मध्यवर्ती सामुदायिक वनमा बिहीबार बिहान करिब ७ बजेतिर निउरो टिप्न गएका बेला बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

बस्नेतसहित करिब १० जनाको समूह निउरो टिप्न गएकोमा बस्नेतलाई बाघले आक्रमण गरेर जंगलतर्फ लगेको हो । उनको अवस्था अहिलेसम्म अज्ञात रहेको प्रहरीले जानकारी दिएको छ।

चितवन राष्ट्रिय निकुञ्ज र आसपासका सामुदायिक वनमा बाघले आक्रमण गर्ने घटना ह्वात्तै बढेको छ । जेठमा पाँच घटना भएका थिए भने असारमा भएको यो पहिलो घटना हो ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology