एमालेबाट देवचुलीमा नगरप्रमुखको दाबी गर्दा पाँच हजार र उपप्रमुखको लागि तीन हजार शुल्क लिईयो

NAWALPUR TIMES

एमालेबाट देवचुलीमा नगरप्रमुखको दाबी गर्दा पाँच हजार र उपप्रमुखको लागि तीन हजार शुल्क लिईयो
Y9QaPTv3oqqKMMAg5MuV

नवलपुर । वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनको लागि दलहरुले उम्मेदवार आकांक्षाको नाम संकलन गर्ने र घोषणा गर्ने कामलाई नवलपुरमा पनि निरन्तरता दिएका छ्न ।

नेकपा एमाले देवचुलीको मंगलबार सम्पन्न बिस्तारित बैठकमा नगरप्रमुख पदको ७ जना आकांक्षीहरुले नगरप्रमुख पदमा आफ्नो दाबी पेश गर्नेहरु सँग एमालेले पाँच हजार उपप्रमुखमा दाबी गरेका १० जना सँग ३ हजारको दरले रकम लिएको छ ।

एमाले देवचुली  नगरकमिटी अध्यक्ष कृष्णबहादुर केसि ले नगरप्रमुखको आकांक्षी सँग ५ हजार र उपप्रमुख सँग ३ हजारका दरले पैसा लिएको बताए ।

मंगलबार एमाले देवचुलीको बिस्तारित बैठकबाट ७ जनाले नगरप्रमुख र १० जनाले उपप्रमुखमा दाबी गरेका हुन ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology