“नो लालपुर्जा नो भोट” भन्दै देवचुली ४ र ५ का सुकुम्बासीको प्रदर्शन

NAWALPUR TIMES

“नो लालपुर्जा नो भोट” भन्दै देवचुली ४ र ५ का सुकुम्बासीको प्रदर्शन
received 314441700675838

माधव सुवेदी/देवचुली । नो लालपुर्जा नो भोट भन्दै देवचुलीमा सुकुम्बासीहरुले आइतबार नगरपालिका परिसरमा प्रदर्शन गरेका छ्न ।

२०७४ को स्थानीय तहको निर्वाचनमा सुकुम्बासी समस्या गर्छौ भनेर भोट मागेका जनप्रतिनिधिले समस्या समाधानमा चासो नदिएको भन्दै देवचुली नगरपालिका वडा नं ४ र ५ का सुकुम्बासीहरुले संघर्ष समितिनै बनाएर प्रदर्शनमा उत्रिएका हुन ।

देवचुलीको वडा नं ४ र ५ मा रहेको सुकुम्बासी समस्या समाधान तर्फ नगरपालिकाले ध्यान नदिएको भन्दै  गणेश गुरुङको संयोजकत्वमा संघर्ष समिति गठन गरेर स्थानीयले वडा नं ४ र ५ को वडा कार्यालय हुँदै नगरपालिका अगाडी आएर नाराबाजी गर्दै धर्नामा बसेका हुन ।

नो लालपुर्जा नो भोट, चुनावमा भोट माग्न आउनेलाई बहिस्कार जस्ता नारा लेखिएका पेले कार्ड सहित विरोध प्रदर्शनमा उत्रिएका स्थानीयले सुकुम्बासी समस्या समाधान नगरे आगामी निर्वाचनमा राजनीतिक दललाई वडा भित्र भोट पनि माग्न समेत प्रतिबन्ध लगाउने र बहिष्कार गर्ने चेतावनी समेत दिएका छ्न ।

विरोध प्रदर्शन र धर्नामा आएका स्थानीयको कुरा सुनेपछि देवचुलीका नगरप्रमुख र उपप्रमुखले एक पटक गठन भएको सुकुम्बासी आयोग खारेज भएर अर्को बनेको र जिल्लामा हालसम्म आयोग गठन नभएकाले सुकुम्बासी समस्या समाधान गर्ने तर्फ आफुहरुले काम गर्न नसकेको स्वीकार गर्दै यस विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन काठमाडौ जान लागिएकाले केही समय पर्खिन आग्रह समेत गरेका थिए ।

यहि चैत्र ८ गते समस्या समाधानका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउने कार्यक्रम रहेकोले केही दिन पर्खन नगरप्रमुख र उपप्रमुखले आग्रह गरेकाले केही दिनका लागि विरोधका कार्यक्रम स्थगन गरिएको प्रदर्शनमा आएका स्थानीयले बताएका छ्न ।

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology