कस्ता बालबालिकाले लगाउनु हुँदैन फाइजर खोप

NAWALPUR TIMES

कस्ता बालबालिकाले लगाउनु हुँदैन फाइजर खोप
khopp1628405584

काठमाडौं । नेपाल सरकारले आइतबाट दीर्घ रोगी बालबालिका लक्षित खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ । नेपालमा पहिलोपटक बालबालिका लक्षित खोप अभियान सञ्चालन गर्न लागिएको हो । खोप अभियान सञ्चालनका लागि देशभरका २४ अस्पतालहरुमा खोप केन्द्र बनाइएको छ ।

फाइजर–बायोएनेट खोप लगाउन नहुने अवस्था

– कोभिड–१९ विरुद्धको अन्य कुनै पनि खोप लगाएको
–१२ बर्ष भन्दा कम उमेर व्यक्ति
–यो खोपको पहिलो मात्रा लगाएपछि कुनै पनि गम्भिर प्रकारको एलर्जिक प्रतिक्रिया भएको ९जस्तै स् एनाफाइलेक्सिस्०
फाइजर–बायोएनटेक खोप तत्कालको लागि लगाउन नहुने अवस्था
– मोनोक्लोनल एन्टिबडिज, कन्भालेसेन्ट प्लाज्मा थेरापी उपचारमा भएको व्यक्तिलाई यो खोप लगाउन हुँदैन। तर यस प्रकारको उपचार लिएको ९० दिनपछि मात्र यो खोप लगाउन मिल्छ।
–कोभिड –१९ संक्रमित भएको अवस्थामा यो खोप लगाउन हुँदैन तर निको भएको ३० दिनपछि यो खोप लगाउन हुन्छ।
– कुनै पनि प्रकारको गम्भिर बिरामी भएको वा उच्च ज्वरो आएको अवस्थामा यो खोप लगाउनु हुँदैन, तर, यस प्रकारको अवस्थामा ठीक भएपछि यो खोप लगाउन हुन्छ।

फाइजर–बायोएनटेक खोप लगाएपछि हुनसक्ने अनपेच्छित घटना
सामान्य असरहरु

–सूई लगाएको ठाउँमा दुख्ने, हल्का रातो हुने र सुनिने
– टाउको दुख्ने, जाडो हुने र ज्वरो आउने
–मांसपेशीहरु दुख्ने र जोर्नीहरु दुख्ने
–खान मन नलाग्ने र वाकवाकी लाग्ने
–थकाई लाग्ने
–सूई लगाएको हातको काखीको गन्थ्री सुनिने र दुख्ने

फाइजर–बायोएनटेक खोप लगाएपछि हुनसक्ने अवाच्छि घटना
१. एनाफालेपक्सिस्
२. मायोकार्डाइटिस, पेरीकार्डडाइटिस
३. शरीरमा साना विवरा आउने र चिलाउने, शरीरभरी डावर आउने र चिलाउने, अनुहार सुन्निने लक्षण देखिन सक्छन्।
४. पखाला लाग्ने, वान्ता हुने, सुई लगाएको हात धेरै नै बढी दुख्ने तथा बेहोस हुने जस्ता लक्षण पनि देखिन सक्छन्।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology