जाडोयामसँगै मौसमी फ्लुको जोखिम बढ्यो

NAWALPUR TIMES

जाडोयामसँगै मौसमी फ्लुको जोखिम बढ्यो
1635648295137

काठमाडौं । जाडोयामसँगै मौसमी फ्लुको जोखिमसमेत बढ्ने भएकाले सतर्क रहन चिकित्सकले सुझाव दिएका छन् ।

मौसम परिवर्तनको क्रममा देखिने फ्लुका कारण विगतका वर्षमा कतिपयका मृत्युसमेत भएकाले वृद्ध, दमका दीर्घरोगी, श्वासप्रश्वासका रोगी, ज्येष्ठ नागरिक, गर्भवती, बालबालिका, अङ्ग प्रत्यारोपण गरेका व्यक्ति बढी जोखिम पर्ने भएकाले यो समूहलाई सचेत हुन चिकित्सकको आग्रह छ ।

“यो समूहका बिरामीमा रोगसँग लड्ने प्रतिरक्षा शक्ति कमजोर हुने भएकाले जोखिम बढी हुन्छ,” शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका अनुसन्धान विभाग प्रमुख डा। शेरबहादुर पुनले भन्नुभयो, “हिउँदयाम लागेसँगै मौसमीखालका बिरामी बढेका छन् ।

अस्पतालमा आउने बिरामीमा रुघाखोकी, ज्वरोसँगै डेङ्गुका बिरामीसमेत आएका छन् ।”

उहाँले वर्षा सकिएसँगै पानी जमेका पोखरीमा लामखुट्टेले फूल पार्ने भएका कारण अहिले डेङ्गुको जोखिम रहेको बताउनुभयो । अस्पतालमा एक सातामा एक सयको हाराहारीमा बिरामी आउने गरेको बताउँदै डा। पुनले भन्नुभयो, “अस्पतालमा जाँच गराउन आउने बिरामीको सङ्ख्या अझ धेरै छ । यस्ता बिरामी समुदायमा अझ धेरै छन् ।

यो चाँडै सर्ने भएकाले यसबाट धेरै व्यक्ति प्रभावित हुने गरेका छन् । घरमा एक जना बिरामी फ्लुको सिकार भएमा सम्पूर्ण परिवारलाई नै सर्न सक्छ, त्यसैले बढी सतर्कता हुनु जरुरी छ ।”

गत महिना विद्यार्थीमा धेरै फ्लुका बिरामी बढेको र यो सङ्ख्या अझ बढ्ने अनुमान डा। पुनको छ ।

इन्फ्लुएन्जाको सङ्क्रमणले हुने जटिलताकै कारण विगतमा बिरामीको मृत्युसमेत भएको उहाँले बताउनुभयो ।

दीर्घरोगी, ज्येष्ठ नागरिक, बालबालिकालाई बढी असर पु¥याउने भएकाले यसले निमोनिया, बाल दम, ब्रोङकाइटिस, घ्यारघ्यार रोगका रूपमा विकास हुने जानकारी उहाँले दिनुभयो । याे खबर गाेरखापत्र दैनिकमा छ ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology