प्रधानमन्त्री देउवालाई गगनको ध्यानाकर्षण : विद्यार्थीको भविष्य र स्वास्थ्यमाथि खेलबाड नहोस

NAWALPUR TIMES

प्रधानमन्त्री देउवालाई गगनको ध्यानाकर्षण : विद्यार्थीको भविष्य र स्वास्थ्यमाथि खेलबाड नहोस
GAGAN THAPA

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम पूर्वस्वास्थ्य मन्त्री गगन थापाले कोरोना संक्रमणकै अवस्थामा भौतिक उपस्थितिमै परीक्षा सञ्चालन भइरहेकोले विद्यार्थीको स्वास्थ्य जोखिममा रहेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन्।

बुधबार विहान सामाजिक संजालमार्फत थापाले त्रिविलगायतका परीक्षा केन्द्रहरुमा एकै कोठामा धेरै विद्यार्थी राखिएको, स्वास्थ्य मापदण्डको कडाइका साथ पालना नगरिएकोले कोरोना फैलने जोखिम रहेको भन्दै ध्यानाकर्षण गराएका हुन् ।

‘एकातिर स्वास्थ्य मन्त्रालयले तेस्रो लहरबारे बताइरहने अर्कोतर्फ यसरी परीक्षा सञ्चालन गरेर संक्रमणको जोखिम बढाइरहने ? कि स्वास्थ्य सुरक्षा मापदण्ड पालना गराऊ नत्र वैकल्पिक माध्यमबाट परीक्षा चलाऊ ! तर, विद्यार्थीको भविष्य र स्वास्थ्यमाथि खेलबाड नगर’ थापाले भनेका छन् ।

उनले लेखेका छन्, ‘वैकल्पिक माध्यमबाट परीक्षा सञ्चालन गर्न  ध्यानाकर्षण गराउँदा पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगरी परीक्षा सञ्चालन भइरहेका छन्। एउटै हलमा धेरै विद्यार्थी राख्दा हुने संक्रमणको जोखिम त छ नै संक्रमितलाई समेत छुट्टै व्यवस्था नहुदा उनीहरू आफ्नो अवस्था लुकाइ परीक्षा दिन बाध्य छन्।

एकातिर स्वास्थ्य मन्त्रालयले तेस्रो लहरबारे बताइरहने अर्कोतर्फ यसरी परीक्षा सञ्चालन गरेर संक्रमणको जोखिम बढाइरहने ? कि स्वास्थ्य सुरक्षा मापदण्ड पालना गराऊ नत्र वैकल्पिक माध्यमबाट परीक्षा चलाऊ । तर,विद्यार्थीको भविष्य र स्वास्थ्यमाथि खेलबाड नगर।

यस बारेमा हिजो सांझ प्रधानमन्त्रीज्यू लाई भेटेरै  ध्यानाकर्षण गराएको छु। उहाँले यो विषयलाई गम्भिरताका साथ लिनुभएको छ र तत्काल पहलकदमी लिई ठोस निर्णय लिने कुराको विश्वास दिलाउनु भएको छ।’

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology