देवचुलीमा जुवाको खालबाट ११ जना पक्राउ

NAWALPUR TIMES

देवचुलीमा जुवाको खालबाट ११ जना पक्राउ
juwade pakrau

देवचुली । नवलपुरको देवचुलीमा जुवाको खालबाट ११ जना पक्राउ परेका छन । जिल्लाको देवचुली-१७ कुजौली स्थित नवलपुर खाजा घरबाट ११ जुवाडे पक्राउ परेको नवलपुर प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा होटल सञ्चालक जितलाल थनेत,देवचुली १७ कुजौली बस्ने वर्ष ३१ का खोज वहादुर पन्जीयार, ३८ वर्षका भुपेन्द्र पन्जीयार, वर्ष ४२ का पुर्ण बहादुर महतो , वर्ष ४४ का चुडामणी पन्जीयार, वर्ष ४५ का प्रेम बहादुर थनेत, वर्ष ३९ का जितलाल थनेत, वर्ष २७ का कमल थनेत, वर्ष ३४ का शेर बहादुर पन्जीयार, बर्ष ४० का बलिराम पन्जीयार, ५८ वर्षका सत्यनारायण महतो र वर्ष २६का कृष्ण थारु रहेका छन् । उनीहरुबाट नगद ४३ हजार ७ सय ८५ रुपैँया नगद समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका सबैलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १२५ बमोजिम कसुर अन्तर्गत अनुसन्धान कार्य अघि बढाईएको प्रहरी नायव उपरिक्षक दिलिप कुमार गिरीले जानकारी दिए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology