कोरोना संक्रमितका लागि धुमपान तथा मदिरापान कति घातक ?

NAWALPUR TIMES

कोरोना संक्रमितका लागि धुमपान तथा मदिरापान कति घातक ?
1551283546201

काठमाडौं । कोरोना संक्रमण भएका बेला धुमपान तथा मदिरापान गर्न नहुने चिकित्सकहरुले बताएका छन् । अन्य समयको तुलनामा कोरोना संक्रमण भएकाबेला धुमपान तथा मदिरापानले स्वास्थ्यमा बढी असर गर्ने चिकित्सकहरुको भनाइ छ ।

सरुवारोग विशेषज्ञ शेरबहादुर पुन धुमपानले फोक्सोमा र मध्यपानले शरीरका अरु अङ्गमा प्रभाव पार्ने भएकाले कोरोना संक्रमितले यसको प्रयोग गर्न नहुने बताउँछन् ।

“कोरोना संक्रमणले फोक्सोमा धेरै असर पुर्याउँछ । त्यसैले संक्रमितले धुमपान गरेको खण्डमा फोक्सोलाई थप असर गर्दा यो झन कमजोर गर्ने भएकाले धुमपान गर्नु हुँदैन,” उनी भन्छन् ।

सुरुसुरुमा कोरोना संक्रमणले फोक्सोमा मात्रै असर गर्छ भनिए पनि पछिल्ला अध्ययनहरुले यसले मुटु, किड्नीजस्ता शरीरका अन्य अंगहरुमा पनि दीर्घकालीन रुपमा असर गर्ने पुष्टि भएकाले मध्यपान पनि कोरोना संक्रमितले गर्न नहुने बताउँछन् ।

“अध्ययनहरुले कोरोना संक्रमणले मुटु, किड्नीजस्ता अङ्गहरुमा पनि दीर्घकालीन असर गर्ने गरेको देखिएको छ । त्यसैले मध्यपानले पनि कलेजो, किड्नीमा असर गर्नेभएकाले दोहोरो समस्या पर्न सक्छ,” पुन भन्छन्, “त्यसैले कोरोना संक्रमितका लागि मध्यपान र धुमपानले डबल ट्रवल गर्ने भएकाले यसको प्रयोग गर्नै हुँदैन ।”

कोरोना संक्रमण भएका व्यक्तिमा इम्युनिटी पावर कम हुने भएकाले धुमपान तथा मदिरापानले स्वास्थ्यमा भयावह अवस्था ल्याउने क्यान्सर रोग विशेषज्ञ डाक्टर राजेन्द्रप्रसाद बराल बताउँछन् ।

“हामी सधैँ धुमपान र मदिरापानले स्वास्थ्यमा नराम्रो असर गर्छ भनेर भन्दै आएका छौं । कोभिड भएका संक्रमितलाई यसले झन धेरै असर पुर्याउँछ । कारण कोभिड भएका व्यक्तिमा रोगसँग लड्ने क्षमता कम हुन्छ,” डाक्टर बराल भन्छन्, “धुमपानले क्यान्सरमा प्रत्यक्ष असर पुर्याउने भएकाले कोभिडमा अन्ततः निमोनिया भएर जटिलता देखिन्छ । त्यसैले कोभिड संक्रमण भएका बेला फोक्सोलाई असर गर्नुे धुुमपान कुनै पनि हालतमा गर्नु हुँदैन ।”

कोरोना भाइरस र धुमपान दुबैले फोक्सोमा असर गर्ने भएकाले यसको असर घातक हुने उनी बताउँछन् ।

धुमपान र मदिरापान कोरोना संक्रमितका लागि घातक हुने भन्दै उनले कोरोना संक्रमण नभएकाहरुलाई पनि जुनसुकै बेला हुनसक्नै भन्दै यसको प्रयोग नगर्न उनको सुझाव छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology