एकपटक संक्रमण भएपछि १० महिनासम्म कोरोनाको जोखिम न्यून

NAWALPUR TIMES

एकपटक संक्रमण भएपछि १० महिनासम्म कोरोनाको जोखिम न्यून
Covid Kathmandu

एकपटक कोरोना संक्रमण भएपछि १० महिनासम्म पुनः संक्रमण हुने जोखिम न्यून हुने एक अध्ययनले देखाएको छ ।प्रतिष्ठित ल्यासेन्ट जर्नलमा हालै प्रकाशित एक अध्ययनको नतिजाअनुसार एकपटक कोरोना संक्रमित भएपछि शरीरमा १० महिनासम्म एन्टिबडी सक्रिय रहने देखिएको छ ।

युनिभर्सिटीक कलेज लण्डनका अनुसन्धानकर्ताले बेलायतका दुई हजार संक्रमितमाझ गरेको अध्ययनअनुसार पहिलो संक्रमण भएको १० महिनासम्म पुनः संक्रमण दर निकै न्यून देखिएको हो ।

अध्ययनको नेतृत्व गरिरहेकी मारिया कुर्तिकोभ भन्छिन्– एकपटक संक्रमित व्यक्ति कम्तीमा १० महिनासम्म सुरक्षित देखिनु साह्रै सुखद् कुरा हो, दोहोर्‍याएर संक्रमित हुनेको प्रतिशत निकै कम देखिएको छ ।’

यो अध्ययनमा कोरोना संक्रणविरुद्धको खोप लगाएका मानिसहरु भने सहभागी थिएनन् । खोप लगाएका व्यक्तिको एन्टीबडी र प्रतिरोधी क्षमताबारे बेग्लै अध्ययन गरिने उनीहरुले बताएका छन् ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology