बेवारिसे अवस्थामा फेला परेकी महिलको उद्धार गरि आश्रममा पठाईयो

NAWALPUR TIMES

बेवारिसे अवस्थामा फेला परेकी महिलको उद्धार गरि आश्रममा पठाईयो
received 1199438557170132

दलदले । युवाहरुको सक्रियतामा विगत केही दिन देखि बेवारिसे अवस्थामा दलदले चोकमा रहेकी महिलाको उद्धार गरि आश्रम पुर्‍याईएको छ ।

सामाजिक रुपमा विभिन्न अभियान चलाउदै आएका युवाहरुको समूह विपदमा युवा र देवचुली नगरपालिकाको पहलमा शुक्रबार दलदले चोकमा फेला परेकी महिलाको उद्धार गरि नगरपालिकाको क्वारेन्टाइनमा राखिएको थियो।

बेवारिसे अवस्थामा फेला परेकी महिलाको पिसिआर परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आए पछि विपदमा युवा र देवचुली नगरपालिकाको पहलमा महिलालाई चितवनको भरतपुरमा रहेको मानवसेवा आश्रममा पठाईएको विपदमा युवा अभियानका संयोजक सुरज भुसालले बताए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology