काठमाडौं- परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कोभिड-१९ विरुद्धको खोप ल्याउने विषयमा केही दिनमै महत्वपूर्ण निर्णय हुने बताएका छन्। उनले खोप भित्र्याउन चीन र अमेरिकासँग महत्वपूर्ण पहल भइरहेको समेत बताए।
मन्त्री ज्ञवालीले कोभिडविरुद्धको खोप ल्याउन यी दुई देशसँग कुटनीतिक पहलसँगै अरु विभिन्न किसिमबाट छलफल भइरहेको बताएका छन्।
स्वास्थ्य पत्रकार मञ्चले शुक्रबार कोभिड-१९ विरुद्धको खोपको विषयमा आयोजना गरेको भर्चुअल छलफलमा बोल्दै मन्त्री ज्ञवालीले अबको दश-पन्ध्र दिनभित्र खोपबारे ‘ब्रेक-थ्रू’ हुने बताए।
प्रकाशित : २०७८ जेठ १४ गते १५:१४
Facebook Comment