गाउँमा संक्रमितको संख्या बढ्यो, अस्पताल आउँदाआउँदै मृत्यु

NAWALPUR TIMES

गाउँमा संक्रमितको संख्या बढ्यो, अस्पताल आउँदाआउँदै मृत्यु
Corona patient in america 4aH5tOrM3m

केही दिनयता काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या घट्दै गए पनि उपत्यकाबाहिरका गाउँबाट संक्रमित उपचारमा आउने क्रम बढेको यहाँका अस्पतालहरूले जनाएका छन्। केही दिनदेखि घटेको संक्रमितको चाप पुनः दोहोरिन थालेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ।

अस्पतालका निर्देशक डा. सागर राजभण्डारीका अनुसार दुई दिनयता उपत्यकानजिकका धादिङ, काभे्र, नुवाकोटलगायत जिल्लाबाट कडा लक्षणसहितका संक्रमित उपचार गराउन आइरहेका छन्। उनले उपत्यकाबाहिरका गाउँबाट आइतबार अस्पतालमा १६ जना संक्रमित आएको जानकारी दिए।

महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालमा पनि उपत्यकाबाहिरका ग्रामीण क्षेत्रबाट संक्रमित आउन थालेका छन्। दुई सातादेखि गाउँबाट बिरामी आउने क्रम सुरु भएको त्रिवि शिक्षण अस्पतालका वरिष्ठ पल्मोनरी तथा छातीरोग विशेषज्ञ डा. निरज बमले बताए। अस्पतालमा नुवाकोट, रसुवा, काभे्र, सिन्धुपाल्चोकका गाउँबाट गम्भीर अवस्थाका संक्रमित आउने गरेका छन्। समयमै उपचार नपाएका कारण कतिपय बिरामीको आउँदाआउँदै मृत्यु हुने गरेको डा. बमले बताए। ग्रामीण भेकबाट आउने धेरैजसोमा श्वासप्रश्वासको समस्या देखिएको छ। डा. बमको अनुभवमा पछिल्ला दिनमा मृत्युदर पनि सहरको तुलनामा गाउँमा बढी छ। ‘कतिको उपचारमा आउनुअघि नै मृत्यु भइसकेको हुन्छ’, उनले भने।

डा. बमका अनुसार गाउँमा कोरोना संक्रमितले हेरचाह नपाउने र राजधानीमा आइसकेपछि पनि भनेकै बेला आइसियु र भेन्टिलेटर नपाउँदा मृत्युसम्म हुने गरेको छ।

यो समाचार आजको नागरिक दैनिकमा छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology