छटपटाएर ज्यान गुमाउँदै संक्रमित, लाचारी प्रदर्शन गर्दै मन्त्री

NAWALPUR TIMES

छटपटाएर ज्यान गुमाउँदै संक्रमित, लाचारी प्रदर्शन गर्दै मन्त्री
butwal corona 6 nIG0vfO1Pt Z7g00S73c6

 

सरकारको अत्यासलाग्दो निष्क्रियताका कारण प्रदेश २ मा पनि कोरोना संक्रमित सर्वसाधारण छटपटाएर ज्यान गुमाउँदै छन्। प्रदेशका स्वास्थ्य केन्द्र चुस्त र दुरुस्त पार्ने जिम्मेवारीमा रहेका सामाजिक विकासमन्त्री भने लाचारी प्रदर्शन गर्दै कमजोरी ढाकछोपमा व्यस्त देखिन्छन्।

सामाजिक विकासमन्त्री नवलकिशोर साहको पछिल्ला गतिविधिबाट उनी कोरोना संकटप्रति बेपर्वाह देखिएको पुष्टि हुन्छ। साह बुधबार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश रायलाई लिएर दलबलसहित सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिकास्थित विभिन्न मन्दिर तथा पर्यटकीय स्थल घुमफिरमा व्यस्त भए।

मन्त्रीद्वयको व्यस्तता सप्तरीस्थित बैरवाको विवाह मण्डप, योगिनियाको बोटानिकल गार्डेन, सोही स्थानको अधुरो राधाकृष्ण मन्दिर र हनुमाननगरको अधुरो राममन्दिरको स्थलगत निरीक्षणमा देखियो। प्रदेशको स्वास्थ्य अवस्थाको जिम्मेवारी समालेका सामाजिक विकासमन्त्री साहको गृहजिल्ला सप्तरीमा कोरोना संक्रमण तथा मत्युदर डरलाग्दो गरी बढेको छ। संक्रमितको एकमात्र सहारा गजेन्द्रनारायण सिंह अस्पतालको अवस्था बेहाल छ। आइसियु र भेन्टिलेटर सेवा सञ्चालन गर्ने जनशक्ति संक्रमित भएर आफैंं उपचारमा छन्।

यो समाचार आजको नागरिक दैनिकमा छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology