देवचुली नगरपालिकाको अत्यावश्यक बाहेकका सेवा बन्द

NAWALPUR TIMES

देवचुली नगरपालिकाको अत्यावश्यक बाहेकका सेवा बन्द
1620893388916

देवचुली । देवचुली नगरपालिकाको अत्यावश्यक बाहेक सम्पूर्ण सेवा बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय कावासोतीबाट गत बैशाख २१ गते देखि जेठ ४ गते राती १२ बजेसम्म जिल्ला भर लागु हुने गरि निषेधाज्ञा जारी भएसँगै अत्यावश्यक बाहेकका अन्य सेवा प्रवाह संचालन नगरी सरकारी कार्यालयहरुमा भिडभाड कम गर्ने निर्देशन भए अनुसार देवचुली नगरपालिकाको कार्यालयबाट प्रवाह हुने स्वास्थ्य सेवा, फोहोरमैला व्यवस्थापन जस्ता अत्यावश्यक सेवा बाहेक अन्य सबै सेवा बिहिबार देखि बन्द गरिएको देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिग्देलले विज्ञाप्ती मार्फत जानकारी दिएका  छ्न ।

सिग्देलले नगरपालिकाभित्र भिडभाड, सभा सम्मेलन, भोजभतेर, समारोह, भेला जस्ता कार्यहरु नर्गनसमेत सम्पूर्ण नगरवासीलाई आग्रह गर्नुभएको छ । देवचुली नगरपालिकामा दिनानुदिन संक्रमितको संख्या बढदै गएकाले सम्पूर्णलाई निषेधाज्ञाको पालन गरि घरमै बस्न अनुरोध गरेको  छन।

हालसम्म देवचुली नगरपालिकामा १ सय ५८ जना कोरोना संक्रमित रहेका छन भने ४ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ ।

No description available.

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology