देवचुली । नेपाली काङ्ग्रेस देवचुलीले कोरोना संक्रमितको उपचारका लागी आवश्यक आईशोलेसन र क्वारेन्टाइन निर्माणका लागि पार्टी कार्यालयको भवन प्रयोग लागि प्रदान गर्ने निर्णय गरेको छ ।
शनिबार बसेको नेपाली काङ्ग्रेस देवचुलीको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको नगर सचीव नारायण पौडेलले जानकारी दिए । बैठकले नगरमा आवश्यक आइसोलेसन निर्माणको लागि पार्टी कार्यालयको भवन प्रयोग गर्न पनि नगरपालिकालाई आग्रह गर्ने निर्णय गरेको हो ।
त्यस्तै बैठकले नगर उपसभापति रबिलाल सापकोटाको संयोजक्त्वमा प्रकोप व्यवस्थापन उपसमिति गठन गरेको पौडेलले बताए । उपसमितिले कोरोना संक्रमितको उपचारमा नगरपालिकाको स्वास्थ्य शाखा सँग आवश्यक समन्वय गर्ने जनाईएको छ ।
प्रकाशित : २०७८ वैशाख २५ गते १३:१८
Facebook Comment