देवचुलीमा संक्रमितलाई अक्सिजन सहितको ५ बेड तयारी अवस्थामा

NAWALPUR TIMES

देवचुलीमा संक्रमितलाई अक्सिजन सहितको ५ बेड तयारी अवस्थामा
15870524 268683706882370 564047955 n

कावासोती । गत सोमबार नवलपुरको देवचुलीमा समयमा एम्बुलेन्स नपाउदा ६८ वर्षीय कोरोना संक्रमितको ट्रयाक्टरमा अस्पताल लैजादै गर्दा बाटैमा मृत्यु भए पछि  नगरपालिकाले आवश्यक तयारी नगरेको भन्दै चर्को आलोचना भए पछि नगरपालिकाको दुम्कौलीमा रहेको दुम्कौली अस्पतालमा अक्सिजन सहितको ५ शैय्याको आइसोलेसन शुरु गरिएको छ ।

मंगलबार बसेको विपत्त व्यवस्थापन समितिको बैठकले ४ जना चिकित्सक , ४ जना नर्स, ४ जना पारामेडिकल र सहयोगी रहने गरि अस्थायी कोभिड अस्पताल सुरु गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठले जानकारी दिएका छ्न ।

त्यसी गरि बैठकले नगरभित्र रहेका १० वटा एम्बुलेन्सलाई तयारी अवस्थामा राख्ने , संक्रमित बोक्ने एम्बुलेन्स चालकलाई प्रोत्साहन भत्ताको व्यवस्था पनि गरेको श्रेष्ठले बताए ।

साथै जनज्योति नमुना माविको विशेष कक्षा सन्चालन हुने भवनमा तत्कालकोलागी थप आईसोलेसन बेडहरुको व्यवस्थापन गर्ने निर्णय भएको श्रेष्ठले बताए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology