कोरोनाबाट मृत्यु हुनेको संख्या अहिलेसम्मकै अत्यधिक, डिस्चार्ज अति न्यून

NAWALPUR TIMES

कोरोनाबाट मृत्यु हुनेको संख्या अहिलेसम्मकै अत्यधिक, डिस्चार्ज अति न्यून
india corona cTaI87SwGO

दैनिक कोरोना संक्रमित थपिने क्रम बढ्दै गर्दा बिहीबार एकैदिन ३५ जनाको मृत्यु भएको छ ।

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या यो अहिलेसम्म अत्यधिक हो । बिहीबार नै देशभर पीसीआर र एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा ४ हजार ९ सय २८ जनामा कोरोना संक्रमण देखिएको छ । ८ सय ८८ संक्रमित डिस्चार्ज भएका छन् ।

केही दिनयता संक्रमित संख्या बढ्दै र डिस्चार्ज दर निकै न्यून छ । हालसम्म कुल संक्रमितमध्ये ८८ दशमलव २३ प्रतिशत डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको १२ हजार ५ सय ९७ जनाको पीसीआर र ९ सय ६३ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको छ । गत २४ घण्टामा पीसीआर परीक्षण गरिएकामध्ये ३८.३५ प्रतिशतमा संक्रमण पुष्टि भएको छ ।

हालसम्म देशभर संक्रमित संख्या ३ लाख १७ हजार ५ सय ३० पुगेको छ । गत वैशाखमा देशभर कुल संक्रमित संख्या २ लाख ८१ हजार ५ सय ८७ थियो । गत १ वैशाखदेखि बिहीबारसम्म थप ३५ हजार ९ सय ४३ संक्रमण पुष्टि भएको छ । हाल, देशभर सक्रिय संक्रमित सख्ंया ३४ हजार १ सय १७ पुगेको छ ।

यो समाचार आजको राजधानी दैनिकमा छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology