आत्तिएर सर्वसाधारणले अक्सिजन सिलिन्डर पनि स्टक राख्न थाले

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख १४ गते ७:२६
आत्तिएर सर्वसाधारणले अक्सिजन सिलिन्डर पनि स्टक राख्न थाले
equipment medical oxygen tank cylinder regulator gauge KqRyh15eyp

नेपालमा संक्रमितको संख्या बढ्दो छ, जसका कारण यहाँ अक्सिजन माग तीन गुणा बढेको उद्योगी बताउँछन् । त्रासकै कारण सर्वसाधारणले व्यक्तिगत रूपमा समेत मौज्दात गर्न लागेको उनीहरूको भनाइ छ । यद्यपि नेपालमा अक्सिजन अभाव छैन । समस्या सिलिन्डरमा मात्रै रहेको उद्योगीहरूले जनाएका छन् ।

संक्रमितको संख्या दिनहुँ बढिरहेकाले सरकारले सिलिन्डर आयात/खरिदको संख्या बढाउनुपर्ने उद्योगीहरूको भनाइ छ । शरीरमा अक्सिजनको मात्रा कम हुँदा बिरामीलाई कृत्रिम अक्सिजन दिनुपर्छ । तर उद्योगबाट रिफिल गरेर पठाउन आफूहरूलाई सिलिन्डरकै समस्या रहेको उद्योगीहरूको गुनासो छ । ‘धेरै सिलिन्डर होल्डिङमा हुन्छन् । ३/४ सय सिलिन्डर रोटेसनमा छन् । अहिलेसम्म चलिरहेकै छ,’ शंकर अक्सिजन ग्यास प्रालिका प्रबन्धक शम्भु भण्डारीले भने । ‘हरेक अस्पतालमा माग बढ्दो क्रममा रहेकाले सरकारले सिलिन्डरको आयात संख्या बढाउनुपर्छ । थप सिलिन्डर आयात नभए समस्या हुन सक्छ,’ उनले भने ।

आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रकाशित : २०७८ वैशाख १४ गते ७:२६
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI