चाहिनेभन्दा बढी सेनिटाइजर प्रयोगले निम्तिन सक्छ समस्या !

NAWALPUR TIMES

चाहिनेभन्दा बढी सेनिटाइजर प्रयोगले निम्तिन सक्छ समस्या !
10 06 2020 covid 19 20373866

काठमाडौं, ८ फागुन गते । कोरोना महामारी (कोभिड १९)ले जनमानसमा ‘ह्यान्ड सेनिटाइजर’ प्रयोग गर्ने सिकायो र सेनिटाइजर प्रयोग गर्न नजान्दा यसले नकारात्क असर पर्छ भन्ने कमैलाई थाह होला ।

कोभिड संक्रमण मात्र नभएर विभिन्न सरुवा रोगबाट बच्नको लागि ह्यान्ड सेनिटाइजर प्रयोग गर्नु राम्रो हो छाला रोग विशेषज्ञ डा.मेलिना अमात्य भन्नुहुन्छ, तर, सेनिटाइजर प्रयोग कस्तो बेला गर्ने, कस्तो बेला नगर्ने भन्नेबारे भने निकै ध्यान पु¥याउनुपर्छ । हामीले हात धुन सम्भव भएको ठाउँमा पनि सेनिटाइजरको प्रयोग गर्छौँ ,जुन गलत बानी हो ।

उहाँको अनुसार विभिन्न रसायनलाई निश्चित मापदण्ड तथा अल्कोहलको प्रयोग गरेर यसलाई बनाइन्छ । । सेनिटाइजरले हाम्रो स्वास्थ्यलाई राम्रो मात्रै गर्दैन । कतिपय अवस्थामा हानी पनि गर्छ ।

डा.अमात्यले सेनिटाइजरको काम फोहोर हातलाई सफा गर्नु मात्र नभएको प्रष्ट पार्दे थप्नुभयो, हातमा भएको ससाना कीटाणु मार्ने काम सेनिटाइजरले गर्छ । त्यसैले हात फोहोर भएको बेला सेनिटाइजर होइन साबुन पानीको प्रयोग गर्नुपर्छ । सेनिटाइजरलाइ हातमा लगाएपछि करिब २० सेकेन्डसम्म राम्ररी दलेपछि मात्र कीटाणु मर्छ ।

उहाँले सेनिटाइजरको अत्याधिक प्रयोगले छालासम्बन्धी समस्या देखिनुको साथै छालालाई सुख्खा र एलर्जी गराउँने पनि प्रष्ट पार्नुभयो । यसमा अल्कोहलको मात्रा हुने भएकाले बच्चाको स्वास्थ्यमा असर गर्छ त्यसले बालबालिकालाई सके सम्म कम सेनिटाइजर प्रयोग गर्न डा.अमात्यले सुझाव दिनुभयो । यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology