नेविसंघ देवचुलीद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण

NAWALPUR TIMES
प्रकाशित : २०७७ पुष १९ गते १५:११
नेविसंघ देवचुलीद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण
IMG 8d236cb974b6a8a4ad1693af5af6cc96 V

कावासोती । नेपाल विद्यार्थी संघ पालिका समन्वय समिति देवचुली नगरपालिकाले विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ ।
देवचुली नगरपालिका वडा नं १६ स्थित देवचुली प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई आइतबार एक कार्यक्रममा बिच न्यानो कपडा (स्विटर) वितरण गरिएको हो ।

नेपाली काङ्ग्रेसका नेता एवं संविधान सभा सदस्य महेन्द्रध्वज जिसीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यालयमा अध्ययनरत ११० जना विद्यार्थीहरुलाई न्यानो कपडा (स्विटर) वितरण गरिएको नेविसंघ पालिका समन्वय समिति देवचुलीका सभापति विशाल पौडेलले बताए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका संविधानसभा सदस्य एवं नेपाली काङ्ग्रेसका नेता महेन्द्रध्वज जिसीले नेविसंघ देवचुलीले सुरु गरेको कामको प्रसंसा गर्दै राजनैतिक आन्दोलनबाट जन्मिएको नेपाल विद्यार्थी संघ आफैमा एउटा सिङ्गो आन्दोलन भएको बताउदै राजनैतिक मात्रै नभएर सृजनात्मक काम पनि अगाडी बढन सुझाव दिएका छ्न ।

नेविसंघ पालिका समन्वय समिति देवचुलीका सभापति विशाल पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेविसंघ पुर्व केन्द्रिय सदस्य अशोक बस्ताकोटी, नेविसंघ जिल्ला सचीव सुशील काफ्ले, नेपाली काङ्ग्रेसका नेता उदय अधिकारी , विद्यालयका प्रधानाध्यापक अम्बिका अधिकारी, नेविसंघका नेता सरोज आचार्य, नेविसंघ जिल्ला सदस्य सुरज भुसाल लगाएतकाको उपस्थिति रहेको थियो भने कार्यक्रममा स्वागत मन्तव्य नेविसंघ पालिका समन्वय समिति देवचुलीका सदस्य हिमाल न्यौपानेले राखेका थिए ।

प्रकाशित : २०७७ पुष १९ गते १५:११
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI