काठमाडौं । शनिबार नेपालमा थप दुई हजार ५०८ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा नौ हजार २७९ जनाको पीसीआर परीक्षण गर्दा दुई हजार ५०८ जनामा कोरोना देखिएको हो ।
मन्त्रालयका अनुसार देशभर थप दुई हजार २६४ जना सङ्क्रमित निको भएका छन् । योसहित कोरोना निको हुने सङ्ख्या एक लाख ३१ हजार २२२ पुगेको छ । यस्तै क्वारेन्टाइनमा दुई हजार ४१० जनामा छन् । यस्तै गत २४ घण्टामा उपत्यकामा एक हजार ३५७ जना कोरोना सङ्क्रमित थपिएका छन् । मन्त्रालयका अनुसार काठमाडौंमा एक हजार ११३, भक्तपुरमा ४९ र ललितपुरमा १९५ जना कोरोना सङ्क्रमित थपिएका हुन् ।
यस्तै शनिबार थप १७ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । शुक्रबार पनि देशभर १७ जना सङ्क्रमितको मृत्यु भएको थियो । योसँगै नेपालमा कोरोना सङ्क्रमित मृतकको सङ्ख्या ९३७ पुगेको छ । देशभर ३६५ जना कोरोना सङ्क्रमित विभिन्न अस्पतालको आईसीयू र भेन्टिलेटरमा उपचार गराइरहेका छन् । मन्त्रालयका अनुसार ६९ जना भेन्टिलेटरमा र २९६ जना सङ्क्रमित आईसीयूमा उपचाररत रहेको आजको गोरखापत्र दैनिकमा खवर छ ।
प्रकाशित : २०७७ कार्तिक १६ गते ९:००
Facebook Comment