२० देखि ४० वर्ष कोरोना संक्रमण सार्ने जोखिम समूह : डब्ल्युएचओ

NAWALPUR TIMES

२० देखि ४० वर्ष कोरोना संक्रमण सार्ने जोखिम समूह : डब्ल्युएचओ
man wearing mask the wrong way

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ २० देखि ४० वर्ष उमेर समूहका मानिसबाट सबैभन्दा बढी फैलिएको बताएको छ।

यी उमेर समुहका अधिकांशं मानिसलाई संक्रमण भएको समेत थाहा नहुने हुनाले पनि संक्रमण फैलन सक्ने खतरा बढ्दै गएको भन्दै डब्ल्युएचओले चिन्ता व्यक्त गरेको हो ।

रोगी र अत्यधिक जनघनत्व रहेको स्थानमा अझ बढी जोखिम रहेको भन्दै थप सतर्कता बढाउन संगठनले जोड दिएको छ।

यसैबीच, उत्तर अमेरिका र एसियाका केही क्षेत्रमा कोरोना भाइरसको जीनमा परिवर्तन आएको एक अध्ययनले देखाएको छ । सो परिवर्तन अत्याधिक संक्रामक हुनसक्ने भएपनि कम घातक रहेको पनि पत्ता लागेको हो ।

संक्रमण रोगको अन्तर्राष्ट्रिय समाजका अध्यक्ष पाउल टेम्वियाले केही देशमा भाइरसको जीनमा आएको परिवर्तनले त्यहाँ मृत्युदर कम देखिएकाले कम घातक हुँदै गएको देखिएको बताए ।

कोरोनाबाट हालसम्म विश्वभर करिब चार करोड ३५ लाख मानिस संक्रमित भइसकेका छन् । किरब ११ लाखकाे मृत्यु भइसकेको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology