काठमाडौं– पछिल्लो २४ घण्टामा थप ३ हजार ३ सय ७ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।
देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।
यो सँगै नेपालमा ६० हजार ६ सय ९६ जना संक्रमित उपचारपछि निको भएका छन्।
मन्त्रालयका अनुसार १४ हजार ७ सय ३९ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै १० लाख ४८ हजार ६ सय ४६ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार ४ हजार ८ सय ८५ जना क्वारेन्टाइनमा छन्। नेपालमा २१ हजार २ सय ३४ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ।
प्रकाशित : २०७७ असोज १६ गते १६:४५
Facebook Comment