भियतनाम। भियतनाम प्रहरीले ३ लाख ४५ हजार थान प्रयोग भैसकेको कण्डम बरामद गरेको छ। प्रयोग भैसकेक कण्डम सफा गरेर पुन: प्रयोगको लागि बेच्न लागेको बेला प्रहरीले बरामद गरेको भियतनामको सरकारी मिडियाले जनाएको छ।
भियतनामको सरकारी टेलिभिजनले प्रयोग भएका कण्डम समेत देखाएको थियो। प्रहरीले बरामद गरेको प्रयोग भैसकेको कण्डमको तौल ३६० किलोग्राम रहेको छ।
प्रहरीका अनुसार प्रयोग भैसकेको कण्डम तातोपानीमा उमालेर घाममा सुकाएर पुरानै आकार दिएर ” रिप्याक ” गरि बेच्ने गरिन्थ्यो।
भियतनाम सरजारी टेलिभिजनले अहिलीसम्म यस्ता कण्डम कति सङ्ख्यामा बिक्री भए भन्ने खुलाएको छैन। रिसाइकल्ड गर्नेलाई एक केजी कण्डमको ०.१७ अमेरिकी डलर दिने गरिएको प्रहरीले जनाएको छ।-एजेन्सी
Facebook Comment