पछिल्लो २४ घन्टामा नेपालमा थप १२४६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५० हजार नाघ्यो

NAWALPUR TIMES

काठमाडौं- पछिल्लो २४ घन्टामा नेपालमा थप १२४६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या ५० हजार ४६५ जना पुगेको छ।

पछिल्लो २४ घन्टामा थप १ हजार ८१८ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म ३५ हजार ७०० उपचारपछि निको भएका छन्।

हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ४४८ छ। ८ हजार १० जना संस्थागत आइसोलेसनमा छन् भने ६ हजार ४३८ होम आइसोलेसनमा छन्।

११ हजार ४४४ जनाको आज पिसिआर परीक्षण भएसँगै ८ लाख १० हजार ४८५ जनाको परीक्षण भएको छ। हाल  ५ हजार ८०६ जना क्वारेन्टाइनमा छन्। 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology