रौतहटमा सुरक्षाकर्मीसहित थप ५८ जनामा कोरोना

NAWALPUR TIMES

रौतहटमा सुरक्षाकर्मीसहित थप ५८ जनामा कोरोना
covid test positive corona

स्वास्थ्य कार्यालय गौरका फोकल पर्सन हरेन्द्र गुप्ताका अनुसार बुधबार चन्द्रपुर नगरपालिकामा २८, यमुना माईमा १२ र दुर्गा भगवती गाउँपालिकाको १८ जनामा संक्रमण पुष्टि भएको हो । कन्ट्याक ट्रेसिङको आधारमा स्वाब संकलन गर्दा यमुनामाईका सुरक्षाकर्मी लगायतमा संक्रमण देखिएको हो ।

जिल्लामा समुदायमा संक्रमण देखिन थालेपछि स्थानीय प्रशासनले भदौ ३१ गते सम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।                           

जिल्लामा पछिल्लो कोरोना संक्रमण बढ्दै गएपछि होमआइसोलेसनमा बस्नेको संख्या बढ्न थालेको छ । सरकारले निश्चित मापदण्ड पूरा गरेर होम आइसोलेसनमा बस्न दिइने प्रावधान ल्याएपछि घरमै बस्ने संक्रमितको संख्या बढेको हो ।

जिल्लाभित्र कोरोना संक्रमतिको संख्या बढ्दै गएपछि विभिन्न १८ स्थानीय तहले ३ सय ९९ बेडको आइसोलेसन तयार पारेका थिए । झण्डै १२ हजार मानिस अट्न सक्ने क्षमताको क्वारेन्टाईन संचालनमा ल्याएपनि हाल क्वारेन्टाइनमा ५ जना मात्र छन् ।

जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराएको तथ्यांकमा पनि अहिले सम्म जिल्लामा १ हजार ६ सय ७१ जनामा संक्रमण पुष्टि भईसकेको छ । ती मध्ये १ हजार ५ सय ४७ जना निको भएर घर फर्किसकेका छन् । आइसोलेसनमा १ सय २४ जना छन् । तर उनीहरु स्थानीय तहले सञ्चालनमा ल्याएको आइसोलेसनमा भने छैनन् ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology