काठमाडौं – नेपालमा एकै दिन थप सात जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या २ सय २८ पुगेको छ।
७ वटा जिल्लाका एक बालिका, दुई महिला र चार पुरुष गरी सात संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा महोत्तरीका ४ वर्षीया बालिका, गोरखाको ६५ र रुपन्देहीको ६८ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।
कोरोना संक्रमित मृत्यु हुने पुरुषहरुमा झापाका ८६, रौतहटका ४०, चितवनका ७८ र भक्तपुरका ७७ वर्षीय पुरुष छन्। यसअघि आइतबार एकै दिन १४ जना कोरोना संक्रमितको मृत्यु भएको थियो।
प्रकाशित : २०७७ भदौ १५ गते १६:४२
Facebook Comment