नेपालमा कोरोना संक्रमितको निको हुने दर सार्क राष्ट्रमै सबैभन्दा कम

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ १३ गते १०:४१
नेपालमा कोरोना संक्रमितको निको हुने दर सार्क राष्ट्रमै सबैभन्दा कम
582186038SAARCNIKO

काठमाडौं – दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मा कोरोना संक्रमित भइ निको हुनेको दर नेपालमा सबैभन्दा कम पाइएको छ।

नेपालमा कोरोना संक्रमित भइ निको हुने ५५ दशमलव ५ प्रतिशत छन्। सबैभन्दा धेरै निको हुने पाकिस्तानमा छन्। पाकिस्तानमा मात्र ९४ दशमलव ९ प्रतिशत संक्रमित उपचारपछि निको भइसकेका छन्।

श्रीलंकामा कुल संक्रमितको ९४ प्रतिशत ५, अफगानिस्तान र भारतमा समान ७६ दशमलव २, भुटानमा ६४ दशमलव ५, बंगलादेशमा ६२ दशमलव ९ र माल्दिभ्समा ६२ दशमलव ७ प्रतिशत संक्रमित उपचारपछि निको भएका छन्।

सक्रिय संक्रमितको संख्या पनि नेपालमै बढी पाइएको छ। नेपालमा ४३ दशमलव ९ प्रतिशत संक्रमित सक्रिय छन्। नेपालपछि माल्दिभ्समा ३७ दशमलव, बंगलादेशमा ३५ दशमलव ७, भुटानमा ३५ दशमलव ५, भारतमा २१ दशमलव ९, अफगानिस्तानमा २० दशमलव १ र श्रीलंकामा ५ दशमलव १ प्रतिशत सक्रिय संक्रमित छन्।

कोरोना संक्रमितको मृत्यु दर सबैभन्दा धेरै अफगानिस्तानमा छ भने सबैभन्दा कम श्रीलंकामा छ । अफगानिस्तानमा कुल संक्रमितको ३ दशमलव ७ प्रतिशत र श्रीलंकामा शून्य दशमलव ४ प्रतिशत संक्रमितको मृत्यु भएको छ।

प्रकाशित : २०७७ भदौ १३ गते १०:४१
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI