कावासोती । भरतपुरको कलेज अफ मेडिकल साईन्समा कार्यरत देवचुली नगरपालिका वडा नम्बर १० कि २४ वर्षिय महिला स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भए पछि वडा नम्बर १० को मिलनटोल सिल गरिएको छ ।
संक्रमित स्वास्थ्यकर्मी अस्पतालबाट घर आउने जाने गरेको हुँदा भदौ १५ गते रातको १२ बजे सम्मको लागि उक्त टोल शिल गरिएको देवचुली नगरपालिकाले विज्ञप्ती मार्फत जनाएको छ ।
नगरपालिका द्वारा जारी विज्ञप्तिमा भदौ १५ गते रातको १२ बजे सम्म पूर्वमा भगवती टोल, पश्चिममा धौलागिरी टोल, उत्तरमा मिलन टोल र दक्षिणमा प्रगतिनगर हाट बजार चोक सम्म जनाईएको छ ।
प्रकाशित : २०७७ भदौ १० गते १७:४६
Facebook Comment