नेपालमा पछिल्लो २४ घन्टामा ११ जना कोरोना संक्रमितको मृत्यु

NAWALPUR TIMES

नेपालमा पछिल्लो २४ घन्टामा ११ जना कोरोना संक्रमितको मृत्यु
received 402035130687189 1

काठमाडौं- नेपालमा पछिल्लो २४ घन्टायता काठमाडौंका १ जना सहित ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ सय ७५ पुगेको छ।

७ वटा जिल्लाका २ महिला र ९ पुरुष गरी ११ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। महोत्तरीमा मात्र तीन जना पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।

मोरङकी ४६ वर्षीया र भक्तपुरकी ५३ वर्षीया महिलाको मृत्यु भएको छ। यस्तै, कैलालीका ४५ र ५० वर्षीय पुरुष, महोत्तरीका ६०, ७२ र ७५ वर्षीय पुरुष, बाराका ४१ र ३६ वर्षीय पुरुष, काठमाडौंका ५१ र बाँकेका ३७ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

नेपालमा मृत्युदर शून्य दशमलव ५ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology