नेपालमा थप ८ सय ८५ जनामा कोरोना भाइरसको संक्रमण

NAWALPUR TIMES

नेपालमा थप ८ सय ८५ जनामा कोरोना भाइरसको संक्रमण
received 402035130687189 1

काठमाडौं- पछिल्लो २४ घन्टामा नेपालमा थप ८८५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३४ हजार ४१८ जना पुगेको छ।

पछिल्लो २४ घण्टामा थप ३८५ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १९ हजार ५०४ उपचारपछि निको भएका छन्।

नेपालमा हालसम्म १७० जना कोरोना संक्रमितको मृत्यु भएको छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology