देवचुली-९मा क्यान्सर पिडित नरमती सारुलाई आर्थिक सहयोग हस्तान्तरण

NAWALPUR TIMES

देवचुली-९मा क्यान्सर पिडित नरमती सारुलाई आर्थिक सहयोग हस्तान्तरण
received 319556639100715

भदौ ९/देवचुली
देवचुली नगरपालिका वडा नं. ९, विशालटर निवासी नरमती दर्लामी भनेर चिनिने फोक्सोको क्यान्सरबाट ग्रस्त नरमती सारु मगरलाई आज मंगलबार आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। मलेसियामा कार्यरत देवचुली-९ विशालटार, तीनघरेका युवा भुवन दर्लामी मगरको नेतृत्वमा संकलन भएको रकम रु.२६,२७२/- (अक्षेरुपी छब्बीस हजार दुई सय बहत्तर रुपैयाँ ) आज एक कार्यक्रममा बिच देवचुली-९ का वडाध्यक्ष मेखबहादुर थापा सारु मगर, वडाका जनप्रतिनिधि रिलकुमारी तामाङ, सीता नेपाली, रामप्रसाद पन्त, टेकबहादुर गाहा , वडा सचीव जीवन गैह्रे, देउराली कालिका टोल विकास संस्थाका अध्यक्ष शर्मिला बराल लगाएतको हातबाट पीडितको घरमै गएर हस्तान्तरण गरिएको हो। सहयोग हस्तान्तरण गरेपश्चात् वडाध्यक्ष मेखबहादुर थापा सारु मगरले सहयोगी भावनाका धनी भुवन दर्लामी र उनका साथीहरुलाई धन्यवाद व्यक्त गर्दै पिडितको स्वास्थ्य लाभको कामना गर्नुभएको थियो।
विपन्न परिवारकि नरमती सारु लामो समयदेखि फोक्सोको क्यान्सरले पीडित छन्। उनकी छोरी सृजना सारुले गत श्रावण ३२ गते वडा कार्यालय देवचुली-९ मा दिएको निवेदनमाथी सोही दिन वडाले छलफल गरि निज नरमती सारुलाई नेपाल सरकारको घातक रोग उपचार सहयोगबाट उपचार गर्न रकम अपुगसँगै परिवारको आर्थिक स्थिति कमजोर रहेकाले सहयोगको लागी इच्छुक व्यक्ती तथा संघसंस्थालाई सिफारिस गरेको थियो।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology