जनजागृत युवा क्लवको आयोजनामा देवचुली-९ मा वृक्षारोपण कार्यक्रम सम्पन्न
NAWALPUR TIMES
received 270760160891582
जनजागृत युवा क्लवको आयोजनामा देवचुली-९ मा वृक्षारोपण कार्यक्रम सम्पन्न 2
देेेवचुुुलि । जनजागृत युवा क्लव देवचुली नगरपालिका वार्ड नम्बर ९ को आयोजनामा आज शनिबार देवचुली ९ विशालटारको विभिन्न स्थानमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ।
क्लवको आयोजना तथा हरियाली संस्था र रोट्रयाक्ट क्लव, कावासोतीको सहकार्यमा संचालित उक्त कार्यक्रम क्लबका अध्यक्ष कृष्ण बहादुर आलेको अध्यक्षता र देवचुली नगरपालिका वार्ड नम्बर ९ का वडाध्यक्ष मेख बहादुर थापा सारु मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
वृक्षरोपण कार्य कृषि हरियाली टोलमा रहेको जनजागृत युवा क्लबको भवन तथा फुटबल खेलमैदान परिसरबाट सुरु भएर देउराली कालिका टोलमा रहेको कालिका मावि परिसरमा र त्यसपछि घुमाउरी भलिबल खेलमैदान तथा घुमाउरी पिक्निक स्थलको परिसरमा भएको थियो।
कपुर, म्याङ्गो स्टिल, लप्सी, अमला, आँप आदि प्रजातिका बिरुवा रोपिएको उक्त कार्यक्रममा आयोजक एवं सहकार्य गरेका संस्थाका पदाधिकारी एवं प्रतिनिधि, क्लबका संस्थापक अध्यक्ष एवं सल्लाहकार संयोजक तथा देवचुली ९ का वडा सदस्य टेकबहादुर गाहा, वडा सदस्यहरू रामप्रसाद पन्त, रिलकुमारी तामाङ्ग, टोलविकास संस्थाका प्रतिनिधि, घुमाउरी सामुदायिक वनका अध्यक्ष देवसिं आले, कालिका माविका विव्यस अध्यक्ष ओमराज अधिकारीसँगै विद्यालयका शिक्षकशिक्षिका, विभिन्न संस्थाका प्रतिनिधि एवं स्थानीय युवाहरुको वाक्लो उपस्तिथि रहेको थियो।
क्लब भवन परिसरमा प्रमुख अतिथिको हातबाट बिरुवा रोपेर उद्घाटन भएको उक्त कार्यक्रम कालिका मावि हुँदै घुमाउरी भलिबल खेलमैदान परिसरमा वृक्षरोपण सकिएपछि समापन भएको थियो।
Facebook Comment