देवचुलीमा बस दुर्घटना

NAWALPUR TIMES

देवचुलीमा बस दुर्घटना 2

आदर्श सुशील/दलदले
देवचुली नगरपालिका वडा नंं ७ को गोरेघुम्तीमा बस दुर्घटना भएको छ।

उत्तरबाट दक्षिण(दलदले) तर्फ आउँदै गरेको ना ४ ख ४५३२ नम्बरको बस दुर्घटनाग्रस्त भएको छ। दुर्घटना राती करिब ९ बजे भएको हो।

दुर्घटनामा १० जना घाइते भएका छन् । बसमा चालक सहित एघार जना रहेका थिए।

घाइतेहरुको दलदले स्थित देवचुली अस्पतालमा उपचार भैरहेको अस्थाई प्रहरी पोष्ट दलदलेका असई अजुन रानाले जानकारी दिनुभयो।

रातीको समयमा ओभर स्पिड र घुम्ती भएका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology