प्राकृतिक चिकित्सालयमा ‘कोरोनासँग काव्य’ शिर्षकमा साहित्यिक कार्यक्रम सम्पन्न

NAWALPUR TIMES

प्राकृतिक चिकित्सालयमा 'कोरोनासँग काव्य' शिर्षकमा साहित्यिक कार्यक्रम सम्पन्न 3

विश्व नै कोभिड १९ को प्रभावका कारण थलिएको छ। विश्व जनसमुदाय त्रसित प्रायः छ। यस्तो अवस्थामा यो रोगबाट संक्रमित भएका कतिपयहरुको मनोविज्ञानमा पनि नकारात्मक प्रभाव परेको हुनसक्छ। त्यहि नकारात्मक प्रभावलाई निरुत्साहित गरि संक्रमितहरुको मनोवल उँचो बनाएर रोगसँग लड्ने क्षमता अभिवृद्धि गर्न शनिवार संक्रमितहरूकालागि ‘कोरोनासँग काव्य’ शिर्षकमा साहित्यिक कार्यक्रम सम्पन्न भएको छ।

नवलपुरको रजहरमा रहेको प्राकृतिक चिकित्सालय परिसरमा भएको ‘कोरोनासँग काव्य’ कार्यक्रमलाई लायन्स क्लव अफ वाङ्ममययले आयोजना गरेको थियो।

अहिले रजहरको प्राकृतिक चिकित्सालयमा झण्डै २०० जना भन्दा बढी संक्रमितहरुको उपचार भईरहेको छ। यहाँ उनिहरुको मनोवल बढाउन लायन्स क्लव अफ वाङ्मयले कविता र गजलहरु मात्र वाचन गरेन,चिकित्सालयमा उपचार गराइ रहेका उनिहरु सबैलाई साहित्यीक किर्तीहरुपनि वितरण गरिएको थियो।

प्राकृतिक चिकित्सालयमा 'कोरोनासँग काव्य' शिर्षकमा साहित्यिक कार्यक्रम सम्पन्न 4

नेपाल मै पहिलोपटक यसरी धेरै संक्रमित हरु को माजमा यो कार्यक्रम गरेको बताइएको छ। यहाँका आइसुलेशन वार्डहरूमा बसेका संक्रमितहरूले कार्यक्रमको रसस्वादन गरिरहँदा आँफु पोजिटिभ छु भन्ने कुरा पनि विर्सिएको महसुस गरेका थिए, जुन कोभिड १९ बाट मुक्त हुनकालागि अचुक औषधी मध्येको एउटा हो ।

उक्त कार्यक्रम आईसुलेशन वार्डवाट सजिलैसँग देख्न र सुन्न सकिने गरि दुरी कायम गरेर गरिएको “कोरोनासँग काव्य” कार्यक्रमको अध्यक्षता रामहरी शर्मा ‘शराह’ ले गर्नुभएको थियो, जहाँ क्लवका को-चिफ एरिया कोअर्डिनेटर होमनाथ जैशी कार्यक्रमको प्रमुख अतिथी रहनुभएको थियो ।

कार्यक्रमका अन्य अतिथिहरुमा प्रकृतिक चिकित्सालयका अध्यक्ष सन्तबहादुर क्षेत्री र डा. विनोद पौडेल रहनुभएको थियो। गोर्खे साईलोले संचालन गर्नुभएको उक्त कार्यक्रमलाई लायन्स सुजन अधिकारीले सहजिकरण गर्नुभएको थियो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology