नवलपुर अपडेट : जिल्लामा कोरोना संक्रमितको संख्या २ सय १० पुग्यो
NAWALPUR TIMES प्रकाशित : २०७७ असार ११ गते २३:५५
रामकुमार श्रेष्ठ/कावासोती । नवलपुरमा बिहीबार कोभिड १९ का संक्रमित नयाँ २६ जना थपिए सँगै संक्रमितको संख्या २ सय १० जना पुगेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय नवलपुर केशव चापागाईका अनुसार विहीबार राति पुष्टि भएका कावासोती नगरपालिकाको १४ जना, गैडाकोट नगरपालिकाको ७ जना र दिउँसो पुष्टि भएको ५ जना सहित विहीबार २६ जना नयाँ संक्रमित थपिएका हुन् ।
यो सहित नवलपुरमा संक्रमितको संख्या २ सय १० जना पुगेको छ । कावासोती नगरपालिकाले संकलन गरेर पठाएको ६६ जनाको स्वाबको पिसिआर रिपोर्ट मध्ये १४ जनामा संक्रमण पुष्टि भएको हो ।
भरतपुर अस्पतालले दिएको जानकारी अनुसार कावासोती नगरपालिकाको २ महिला र १२ जना पुरुष गरी १४ जनामा कोरोना भाइरस पुष्टि भएको हो ।
कावासोती नगरपालिकाकी ३७ र २५ बर्षीया दुई महिला, २४, २४, ३०, ३५, २२, १८, २९, ५८र १८ बर्षीय १२ जना पुरुषमा संक्रमण देखिएको भरतपुर अस्पतालले जनाकारी दिएको छ । यो सहित कावासोती नगरपालिकामा संक्रमितको संख्या ३० पुगेको छ ।
त्यसैगरी नवलपुुुरको गैडाकोट नगरपालिकामा विहीबार ७ जना नयाँ संक्रमित थपिएका छन् ।
गैडाकोट नगरपालिकाको १८ जनाको संकलित स्वाबको पिसिआर परीक्षण गर्दा विहीबार ७ जना पुरुषमा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको भरतपुर अस्पतालले जनाएको छ । त्यसैगरी बिहीबार दिउँसो विनयी त्रिवेणीमा १ जना महिला र ४ जना पुरुषमा संक्रमण देखिएको थियो ।
गैंडाकोट नगरपालिकाका ५३,३४,२३,३५,५२,५२,२५ वर्षीय गरी ७ जना पुरुषमा संक्रमण देखिएको हो । यो सहित गैडाकोट नगरपालिकामा संक्रमितको संख्या १८ पुगेको छ ।
नवलपुुुरमा अहिलेसम्म गैडाकोट नगरपालिकामा १८, कावासोती नगरपालिकामा ३०, देवचुली नगरपालिकामा ९, मध्यविन्दु नगरपालिकामा ४२ जना संक्रमित पुगेका छन् । त्यसैगरी विनयी त्रिवेणी गाउँपालिकामा १८, हुप्सेकोट गाउँपालिकामा ३२, बुलिङटार गाउँपालिकामा २७ र बौदीकाली गाउँपालिकामा ३४ जना संक्रमित पुगेका छन् ।
Facebook Comment